शीर्षकहरू

ग्लोबल आईएमई लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

ग्लोबल आईएमई लघुवित्तले यस वर्ष लाभांश वितरण नगर्ने

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ ।

पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु आगामी वार्षिक साधारण सभामा पेश गर्न नेपाल राष्ट्र बैंकसँग स्वीकृति लिने निर्णय पनि कम्पनीले गरेको हो ।

विगतका वर्षहरुमा निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो । गत वर्ष भने कम्पनीले कर समेत १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।