काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयाजनका लागि समेत २ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ७ अर्ब ९८ करोड ३९ लाख ९७ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गर्ने गरी लाभांश प्रस्ताव गरेको हो । कम्पनीले पुस २८ गते वार्षिक साधारण सभा गर्ने निर्णय पनि गरिसकेको छ ।
सो सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस १५ गते सार्वजनिक विदा परेकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।