शीर्षकहरू

मेरो माइक्रोफाइनान्सले प्रस्ताव गर्‍यो ७.८९ प्रतिशत लाभांश

मेरो माइक्रोफाइनान्सले प्रस्ताव गर्‍यो ७.८९ प्रतिशत लाभांश

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुल ७ दशमलव ८९४७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

पुस १ गते अपरान्ह ४ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी १ अर्ब ३२ करोड रुपैयाँको आधारमा ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।