शीर्षकहरू

बैंकर्स एशोसिएसनको अध्यक्षमा कोइराला

बैंकर्स एशोसिएसनको अध्यक्षमा कोइराला

काठमाडौँ । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला नेपाल बैंकर्स एशोसिएसनको अध्यक्ष बन्ने पक्का भएको छ । वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने सहमतिअनुसार कोइराला अध्यक्ष बन्ने पक्का भएको हो । 

अध्यक्षमा प्रभु बैंकका सीईओ अशोक शेरचनको दाबी पर्ने सम्भावना भए पनि उनी पछि हटेपछि कोइरालाको नाम पक्का भएको हो । यसको आधिकारिक घोषणा आगामी पुस ३ गते बुधबार एशोसिएसनको साधारणसभामार्फत् हुनेछ ।

वरिष्ठ उपाध्यक्ष कोइरालाले भने, 'बैंकर्स एशोसिएसनको परम्परालाई कायम राख्दै यसपटक मलाई नेतृत्व दिने दिने सहमति भएको छ ।' 

हाल एशोसिएसनका अध्यक्ष एनएमबी बैंकका सीईओ सुनिल केसी रहेका छन् । आसन्न साधारणसभा सँगै उनको कार्यकाल पूरा हुनेछ ।