शीर्षकहरू

नेपाल पे इन्ट्यान्ट मार्फत निःशुल्क फण्ड ट्रान्स्फर हुने

नेपाल पे इन्ट्यान्ट मार्फत निःशुल्क फण्ड ट्रान्स्फर हुने

काठमाडौं । एनसीएचएल १६ वर्ष पुगेको उपलक्षमा लक्षित गर्दै तथा डिजिटल कारोबारलाई प्रवद्र्धन गर्न मोबाइल नम्बरको आधारमा हुने नेपाल पे इन्ट्यान्ट मार्फत हुने फण्ड ट्रान्स्फर निःशुल्क गरिएको छ ।

अब नेपाल पे इन्ट्यान्टको सुविधा उपलब्ध रहेको बैंक वित्तीय संस्थाका मोबाइल बैंकिङ्ग ग्राहकहरु तथा कनेक्टआइपीएस प्रयोगकर्ताको लागि यो सुविधा गरेको जनाएको छ ।

यो सुविधा पौष १६ गतेसम्मका लागि नेपाल पे इन्ट्यान्ट मार्फत बिना शुल्क ३१ बैंक वित्तीय संस्थाहरुमा फण्ड ट्रान्स्फर गर्न सक्ने एनसीएचएलले जनाएको छ ।