काठमाडौं । एनएमबि बैंक लिमिटेडले पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । पुस २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २५ गते २९औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष कम्पनीले लाभांश वितरणको प्रस्ताव भने गरेको छैन् ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारामा पुस १० गते सार्वजनिक विदा परेकाले पुस ९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।