काठमाडौं । हिमालयन हाईड्रोपावर लिमिटेडले पुस २६ गते वार्षिक साधारण सभा बोलाएको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वाटरफ्रन्ट रिसार्ट लेक साईट पोखरामा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष पनि कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले हालसम्म लाभांश वितरण गरेको छैन् ।
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनी ४ करोड ४ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ । रिटर्न अर्निग भने कम्पनीको २६ करोड ५० लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ ।