शीर्षकहरू

पीएल सिंहको निधनमा आज काठमाडौँ महानगरपालिकामा शोक बिदा

पीएल सिंहको निधनमा आज काठमाडौँ महानगरपालिकामा शोक बिदा

काठमाडौँ । काठमाडौँका पूर्वमेयर पीएल सिंहको निधनमा काठमाडौँ महानगरपालिकाले आज शोक बिदा दिएको छ । काठमाडौँ नगरपालिकालाई २०५२ मंसिर २९ गते उनले महानगरपालिका घोषणा गरेका थिए । 

पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो । उनी २०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।

८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए । गत वर्ष उनको पेटको शल्यक्रिया गरिएको थियो । उनी नेपाली काँग्रेसका नेता गणेशमान सिंहका धर्मपत्रका रुपमा चिनिन्थे ।  उनले लौहपुरुष गणेशमान सिंहका प्रमुख सहयोगी भएर पनि काम गरेका थिए । तर कांग्रेसको राजनीतिबाट वितृष्णा जागेपछि उनी निष्कृय भएर बसेका थिए 

प्रमुखका रुपमा काठमाडौँ महानगरपालिकामा रहँदा र समाज सेवामा सक्रिय हुँदा उनले पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै पुस १ गते अत्यावश्यक सेवाबाहेक काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक बिदा दिइएको महानगरले जनाएको छ ।