शीर्षकहरू

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो १०० रुपैयाँ कायम हुँदा गोलभेँडा सानो लोकलको ६० र गोलभेँडा सानो टनेलको ८० रुपैयाँ कायम भएको छ । 

यसैगरी हरियो धनियाँको १००, लसुन सुकेको चाइनिजको ३६० रुपैयाँ कायम भएको छ । यसैगरी आलु रातोको ६२, आलु सेतोको ५६, काउली स्थानीयको १००, मुला रातोको ३५, डल्ले च्याउको ३००, अनारको ४०० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।

साथै घिउ सिमी १३०, टाटे सिमी १२०, तिते करेला १००, लौका ७०, परवर(तराईको)  ९०, चिचिण्डो ६०, घिरौंला ९०, भिण्डी ९० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।