शीर्षकहरू

१८ प्रतिशत नगद लाभांश प्रस्ताव गर्दै पावर ट्रान्समिसनले बोलायो साधारण सभा

१८ प्रतिशत नगद लाभांश प्रस्ताव गर्दै पावर ट्रान्समिसनले बोलायो साधारण सभा

काठमाडौं । पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेडले पुस २२ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ ।

मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेविप्राको सभाहल, दरवारमार्ग, काठमाडौंमा अपरान्ह ४ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

प्रस्तावित १८ प्रतिशत नगद लाभांशलाई पनि सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ ।