काठमाडौं । ओभरसिज नेपालिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले पुस २१ गते आठौं वार्षिक साधारण सभा गर्ने भएको छ ।
मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय अनामनगर, काठमाडौंमा सभा गर्ने निर्णय गरेको छ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्दै प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनी सचिवको नियुक्तिको प्रस्ताव पनि सभाले पारित गर्नेछ । जारी पूँजी वृद्धि र कम्पनीको उद्देश्य थप गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।