शीर्षकहरू

विन नेपाल लघुवित्तको साधारणसभा पुस १९ गते, छैन लाभांश

विन नेपाल लघुवित्तको साधारणसभा पुस १९ गते, छैन लाभांश

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस १९ गते दशौं वार्षिक साधारण सभा बोलाएको छ ।

मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल मेलम्ची क्याफे, सिन्धुपाल्चोकमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

यस वर्ष पनि कम्पनीले लाभांश वितरणको प्रस्ताव गरेको छैन् । आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले ९ दशमलव ३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसपछिका वर्ष कम्पनीले लाभांश वितरण गरेको छैन ।

अन्य कुन लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने संकेत पनि कम्पनीले गरेको छ । त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।