काठमाडौं । तारागाउँ रिजेन्सी होटल लिमिटेडले पुस २४ गते २८औं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङग्याउनेछ । गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कर बाहेक ११ प्रतिशत नगद लाभांश तिवरणको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
सर्वसाधारण शेयरधनीहरुको तर्फबाट एक जना सञ्चालक निर्वाचनको प्रस्ताव पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस ४ गते बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।