काठमाडौँ । वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै छन् । नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न वेष्टइन्डिजका पूर्वकप्तान समेत रहेका ब्रायन नेपाल आउन लागेका हुन् । विश्वविख्यात वेस्ट इन्डियन खेलाडी पहिलोपटक नेपाल आउन लागेका हुन् ।
उनले त्रिवि मैदानमा गएर एनपीएलका केही खेलहरु हेर्ने छन् भने क्रिकेट खेलाडीहरुसँग साक्षात्कारसमेत गर्नेछन् । लाराले नेपालमा तीन–चार दिन बिताउनेछन् । उनी एनपीएल फाइनलसम्म भने बस्ने छैनन् ।