शीर्षकहरू

आफ्नो स्वामित्वका दुई कम्पनीको ५१ हजार कित्ता शेयर बेच्दै एनआईसी एशिया बैंक

आफ्नो स्वामित्वका दुई कम्पनीको ५१ हजार कित्ता शेयर बेच्दै एनआईसी एशिया बैंक

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानीकोषको ५० हजार कित्ता र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५१ हजार ८०५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।

मंसिर २६ गतेदेखि नागरिक लगानीकोषको प्रतिकित्ता ७६३ रुपैयाँ र सूर्योदय वोमी लघुवित्तको प्रतिकित्ता २७७ रुपैयाँ अंकित मूल्यमा उल्लेखित कित्ता शेयर विक्रीमा आएको हो । यस अघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुका लागि मात्र यी शेयर निष्काशन गरेको थियो । सो अवधिमा विद्यमान संस्थापकबाट आवेदन प्राप्त नभएपछि अन्य व्यक्ति तथा संस्थाले आवेदन दिन पाउने गरी यी शेयर निष्कासनमा आएको हो ।

इच्छुकहरुले पुस ३ गते कार्यालय समयभित्र आवेदन पेश गर्नुपर्नेछ । दुबै कम्पनीको शेयरका लागि न्यूनतम ५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

आवेदन एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय थापाथली, काठमाडौं र एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय थापाथली, काठमाडौंसँगै शाखा कार्यालय विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था छ ।