शीर्षकहरू

पाँच दिन निरन्तर घटेपछि शेयर बजारमा हरियाली, नेप्से २७ सय बिन्दुमाथि उक्लियो

पाँच दिन निरन्तर घटेपछि शेयर बजारमा हरियाली, नेप्से २७ सय बिन्दुमाथि उक्लियो

काठमाडौँ । पाँच कारोबार दिन निरन्तर घटेपछि बुधबार शेयर बजारमा हरियाली देखिएको छ । गत साताको बुधबारदेखि निरन्तर घट्दै गएर पाँच कारोबार दिनमा १०५.९९ अंकले घटेको नेप्से परिसूचक आज ४५.८८ अंकले बढ्यो ।

यसदिन दुई हजार ७१५.७१ बिन्दुमा बजार बन्द भएको छ । अघिल्लो बुधबारदेखि निरन्तर घट्दै गएको नेप्से परिसूचक मंगलबारसम्म दुई हजार ६६९.८२ अंकमा झरेको थियो ।

आज सेन्सेटिभ इन्डेक्स ९.७५, फ्लट इन्डेक्स ३.३९ र सेन्सेटिभ फ्लट इन्डेक्स ३.३८ अंकले बढेको छ भने म्युचुअल फण्डबाहेक १२ उपसमूहको शेयर बढेको छ ।

आज कारोबारमा आएका २४३ कम्पनीमध्ये २११ कम्पनीको शेयर बढ्दा २९ को घटेको छ भने ३ को स्थिर रहेको छ ।

यसदिन कारोबार रकम पनि सामान्य बढेको छ । मंगलबार ४ अर्ब ४१ करोड १३ लाख रुपैयाँ बराबरको ८७ लाख ६८ हजार ५६६ कित्ता शेयर कारोबार भएकोमा आज ५ अर्ब ५ करोड ६५ लाख रुपैयाँ बराबरको १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता शेयर खरिदबिक्री भएको छ ।