शीर्षकहरू

४ बैंकको सवा ६ अर्ब लगानीमा ४१.०६ मेगावाट संखुवाखोला जलविद्युत परियोजनाको आउने

४ बैंकको सवा ६ अर्ब लगानीमा ४१.०६ मेगावाट संखुवाखोला जलविद्युत परियोजनाको आउने

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाइमा एभरेष्ट बैंक लिमिटेड, नेपाल एसबीआई बैंक र सानिमा बैंकसहित ४ बैंकहरुले रु. ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी ४१.०६ मेगावाट क्षमताको संखुवाखोला जलविद्युत परियोजना आउने भएको छ ।

आज मिति २०८१ मंसिर २४ गते सोमबारको दिन प्रवद्र्धक कम्पनी गुरा¤स हाईड्रो लिमिटेड एवं लगानीकर्ता बैंकहरु बीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको छ । उक्त परियोजना कोशी प्रदेश, संखुवासभा जिल्ला, सिलिचोङ गाँउपालिका र भोजपुर जिल्ला, साल्पा सिलिचाछो गाँउपालिकमा निर्माण हुनेछ ।

परियोजनाको अनुमानित लागत करीब रु. ८ अर्ब २० करोड मध्ये बैंकहरुले ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा रु. ६ अर्ब १५ करोड बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये सिटिजन्स बैंक लि.बाट रु. २ अर्ब ९० करोड, एभरेष्ट बैंक लि.बाट रु. १ अर्ब २५ करोड, नेपाल एस.बि.आइ. बैंकबाट १ अर्ब २५ करोड र सानिमा बैंक लि. बाट रु. ७५ करोड लगानी हुनेछ भने २५% स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने छ ।

परियोजना आगामी चार वर्षभित्र  निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको संखुवासभा स्थित सित्तलपाटी सब स्टेशनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ७५.०४१ गिगावाट घन्टा र बर्षायाममा १६५.८८८ गिगावाट गरी बार्षिक २४०.९२९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

सहवित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्वोधन गर्दै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सिटिजन्स बैंकले स्थापना कालदेखि नै एकल लगानीका साथै आफ्नो अगुवाइ, सहअगुवाइ  तथा अन्य बैंकहरुसँगको सह वित्तीयकरण कर्जा मार्पmत जलविद्युत लगायत हरित उर्जा क्षेत्रमा उल्लेख्य रुपमा लगानी गर्दै आएको  र बैंकिङ्ग क्षेत्र एवं स्वतन्त्र उर्जा उत्पादकहरुको संयुक्त लगानीबाट धेरै आयोजनाहरुको निर्माण भई संचालनमा आएका कारण देशको समग्र उर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेको बताए ।

हालसम्म निर्माण सम्पन्न भएका १२४.५४१ मेगावाट क्षमताका १३ वटा आयोजना र निर्माणाधिन ५१६.५७४ मेगावाट क्षमताका १६ वटा आयोजना सहित जम्मा ६४१.११५ मेगावाट क्षमताका २९ वटा आयोजनामा सिटिजन्स बैंकको लगानी रहेको छ । सिटिजन्स् बैंकले हालसम्म १५ वटा हाइड्रो पावर आयोजनामा अगुवा बैंक, २ वटा हाइड्रोपावर आयोजनामा सह अगुवा बैंक, ९ वटा हाइड्रोपावर आयोजनामा सहभागी बैंक रुपमा र ३ वटा हाइड्रोपावर आयोजनामा एकल लगानी रहेको छ ।