शीर्षकहरू

निरन्तर घट्दै शेयर बजार, ५ दिनमा १०६ अंकले घट्यो

निरन्तर घट्दै शेयर बजार, ५ दिनमा १०६ अंकले घट्यो

काठमाडौँ । पछिल्ला पाँच कारोबार दिनमा नेप्से परिसूचक १०५.९९ अंकले घटेको छ । गत बुधबारदेखि निरन्तर घट्दै गएको नेप्से परिसूचक मंगलबार ६.३२ अंकले घटेर दुई हजार ६६९.८२ अंकमा बजार बन्द भएको छ ।

सोमबार नेप्से परिसूचक १२.८४ अंकले घटेर दुई हजार ६७६.१५ बिन्दुमा बजार बन्द भएको थियो । आइतबार नेप्से ४५.९३ अंकले घटेको थियो भने गत साता अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १५.९३ अंकले ओरालो लागेको थियो । यस्तै गत बुधबार २४.९७ अंकले बजार घटेको थियो ।

आज सेन्सेटिभ इन्डेक्स ०.७५, फ्लट इन्डेक्स ०.६३ र सेन्सेटिभ फ्लट इन्डेक्स ०.४२ अंकले घटेको छ भने १३ उपसमूहमध्ये चार उपसमूहले मात्रै नाफा कमाएका छन् भने अन्य ९ ले घाटा बेहोरेका छन् । यसदिन होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहका लगानीकर्ताले नाफा कमाएका हुन् ।

आज कारोबारमा आएका २४४ मध्ये १४८ कम्पनीले घाटा बेहोरेका छन् । ८५ कम्पनीले नाफा कमाउँदा १० को शेयर स्थिर छ ।

मंगलबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । यसदिन ४ अर्ब ४१ करोड १३ लाख रुपैयाँ बराबरको ८७ लाख ६८ हजार ५६६ कित्ता मात्रै शेयर कारोबार भएको छ ।