शीर्षकहरू

सूर्योदय वोमी लघुवित्तको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सूर्योदय वोमी लघुवित्तको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले २० हजार कित्ता संस्थापक शेयर मंसिर २५ गतेदेखि बिक्रीमा आएको छ । घनश्याम अधिकारीको नाममा रहेको यी शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन पाउने गरी निष्काशनमा आएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय महालक्ष्मी–०४, ललितपुरमा आवेदन पेश गर्नुपर्नेछ । आफूले खरिद गर्ने शेयर कित्ता संख्याको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन पेश नगरेमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।