शीर्षकहरू

सानिमा माई हाइड्रोपावरले प्रस्ताव गर्‍यो १०.५३ प्रतिशत लाभांश

पुस २८ गते साधारण सभा गर्दै

सानिमा माई हाइड्रोपावरले प्रस्ताव गर्‍यो १०.५३ प्रतिशत लाभांश

काठमाडौं । सानिमा माई हाईड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ३९ करोड ८१ लाख ७६ हजार रुपैयाँ रहेको छ । सोही पुँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुस २८ गते १३औँ वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त साधारण सभा प्रयोजका लागि कम्पनीले पुस ९ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

बुक क्लोजको आधारमा पुस ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । साधारण सभाले समान उदेश्य भएका अन्य कुनै उपयुक्त कम्पनीसँग मर्जर तथा प्राप्तीमा जाने प्रस्ताव पनि पारित गर्नेछ । मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।