शीर्षकहरू

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिफल नआउने कांग्रेसको निष्कर्ष

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिफल नआउने कांग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिफल नआउने निष्कर्ष निकालेको छ । आइतबार बिहान बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाकाे निवासमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी प्रवक्ता प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

उनले पोखरा विमानस्थल खराब ऋणमा परेको र त्यसको प्रतिफल नआउने निश्चित भैसकेको बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋणमा बनेको थियो ।

बैठकमा बीआरआई सम्झौता, पोखरा विमानस्थल, उपनिर्वाचन,  समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा सांसद पदमा नियुक्ति लगायत विषयमा छलफल भएको थियो । बैठकले समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा सांसद पदमा सुनिता थापालाई सिफारिस गर्ने निर्णय गरेको छ ।

 

चीनसँग बीआरआईअन्तर्गत ऋण नभई अनुदान लिनुपर्ने निर्णय अहिले पनि कायमै रहेको उनले बताए । महतले अहिले भएको समझदारीले अनुदान लिने बाटो बन्द नगर्ने पार्टीको धारणा रहेको पनि उनले जानकारी दिए ।