शीर्षकहरू

बीआरआईमा कांग्रेसको पुरानै अडान

बीआरआईमा कांग्रेसको पुरानै अडान

काठमाडौं । नेपाली कांग्रेसले चीनसँग बीआरआईअन्तर्गत ऋण नभई अनुदान लिनुपर्ने निर्णय अहिले पनि कायमै रहेको बताएको छ । सोमबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकपश्चात् प्रवक्ता प्रकाशशरण महतले अहिले भएको समझदारीले अनुदान लिने बाटो बन्द नगर्ने पार्टीको धारणा रहेको पनि उनले जानकारी दिए । 

उनले भने,‘हिजो हाम्रो पार्टीको निर्णय ऋण होइन, अनुदान मात्रै हो भन्ने थियो ।  त्यही निर्णयमा आज पनि कायम छौँ । अहिले भएको समझदारीले अनुदान लिने बाटो बन्द गर्दैन। ऋण अपवादमा पर्न पनि सक्छ भन्ने व्याख्या भएको छ। सरकारले त्यही अनुसार परियोजना अगाडि बढाउँछ भन्ने हामीलाई विश्वास छ ।’

यस्तै बैठकले समानुपातिकतर्फको रिक्त गण्डकी प्रदेशसभा सांसद पदमा सुनिता थापालाई सिफारिस गर्ने निर्णय गरेको छ ।

महतले भने भने, ‘गण्डकी प्रदेशसभा सांसद विमला गौचनको असामहिक निधन भयो । त्यो रिक्त पदमा निर्वाचन आयोगले निर्देशन गरेअनुसार सो पदपूर्तिका लागि सुनिता थापालाई प्रस्ताव गरेर पठाउने कुरालाई बैठकलाई अनुमोदन गर्‍यो ।’