काठमाडौं । नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच शेयर प्रत्याभूति सम्झौता भएको छ ।
सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले आइतवार हस्ताक्षर गरेका छन् ।
इर्खुवा हाइड्रोले प्रतिशेयर एक सय रुपैयाँका दरले २८ लाख ५ हजार ७ सय ५० कित्ता बापतको २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर निष्कासन गर्न कोषसँग प्रत्याभूति सम्झौता गरेको हो ।