काठमाडौं । मन्जुश्री फाईनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुल ६ दशमलव ३५ प्रतिशत लाभांश बाड्ने भएको छ । मंसिर २३ गते अपरान्ह ३ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफबाट हाल कायम चुक्तापूँजीको आधारमा कर समेत ६ दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार रुपैयाँ छ ।
सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गर्ने निर्णय कम्पनीले गरेको हो । गत वर्ष ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष बढी लाभांश बाड्न लागेको हो । पछिल्ला दुई वर्ष कम्पनीले नगद लाभांशमा मात्र जोड दिएको छ ।