शीर्षकहरू

सानिमा मिडिल तमोरले अघि सार्‍यो मर्जर प्रस्ताव, पुस २३ गते साधारण सभा

सानिमा मिडिल तमोरले अघि सार्‍यो मर्जर प्रस्ताव, पुस २३ गते साधारण सभा

काठमाडौँ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले पुस २३ गते नवौं वार्षिक साधारण सभा आव्हान गरेको छ । मंसिर २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कुण्डलिनी दरबार ब्याङ्क्वेट, चण्डोल, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । संस्थापक समूहका शेयरधनीहरुबाट एक जना महिलासहित चार जना सञ्चालकहरुको निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय गरिएको छ । समान उदेश्य भएका अन्य कुनै उपयुक्त कम्पनीसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने प्रस्तावलाई समेत अघि सारेको कम्पनीले त्यसका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ ।

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस १० गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।