काठमाडौं । जनकपुर बोल्टस्को गोल्ड पार्टनर, टेक्नोले जीतको उत्साहलाई अझै उच्च बनाउँदै टीमका लागि चीनको रोमाञ्चक यात्रामा पठाउने भएको छ । टेक्नोले जनकपुर बोल्टसँगै क्रिकेटलाई च्याम्पियनहरूको अर्को पुस्तालाई सशक्त बनाउने प्रतिवद्धता समेत व्यक्त गरेको छ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जनकपुर बोल्ट्सको उत्कृष्ठ प्रदर्शन गर्दै आएको छ । जनकपुर बोल्टसले लुम्बिनी लायन्सलाई १ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग, एनपीएलको शीर्ष स्थानमा उक्लिएको छ । ४ खेलबाट ८ अंकसहित बोल्टले अटल जोस, दृढ संकल्प र अटुट गति देखाएर सबै नेपालीको मन जितीरहेको छ ।आइतबार भएको खेलमा जनकपुर बोल्ट्सले लुम्बिनीलाई १ रनको झिनो अन्तरले हराएको हो।
जनकपुरले दिएको १३७ रन दिएको थियो । तर लुम्बिानीले २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३५ रन मात्र बनायो । जनकपुरले ९ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १३६ रन बनाएको थियो । लुम्बिनीका लागि अन्तिम ओभरको अन्तिम बलमा २ रन आवश्यक थियो । तर सन्दीप जोराले बाउन्ड्री हान्ने क्रममा क्याच आउट हुन पुग्दा चौथो खेलमा पनि लुम्बिनी हार व्यहोरेको हो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाएका थिए भने टोम मुरेले ३१ रन रह्यो । यस्तै अर्जुन साउदले २० र सन्दीप जोराले १६ रन बनाए ।लुम्बिनीलाई चौथो हार चखाउने क्रममा जनकपुरका लागि हर्ष थकेर एक्लैले ५ विकेट लिन सफल भए । किशोर महतो, ललित राजवंशी र शेर मल्लले १÷१ विकेट लिए ।पहिले ब्याटिङ गरेको जनकपुरका लागि कप्तान अनिल शाह ५ रनले अर्धशतक बनाउन चुके।
उनले एक चौका र चार छक्का हिर्काएर ४५ रन जोडे। उनी सन्दीप जोराको बलमा क्याच आउट भए। जनकपुरका अर्का ओपनर आशिफ शेख १० बलमा १६ रन बनाएर आउट भएका थिए।