काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले घटेको छ । यसदिन नेप्से ४५.९३ अंकले घटेर दुई हजार ६८९ बिन्दुमा झरेको छ ।
गत साता अन्तिम कारोबार दिन बिहीबार १५.९३ अंकले घटेर बजार दुई हजार ७३४.९३ अंकमा बजार बन्द भएको थियो ।
तीन कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । आज मानुषी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र जोशी हाइड्रोपावरको शेयर १० प्रतिशतले घटेको हो । यस्तै सामुदायिक लघुवित्तको शेयर ९.९७ प्रतिशतले घटेको छ ।
यसदिन १३ वटै उपसमूहको शेयर घटेको छ भने कारोबारमा आएका २४४ कम्पनीमध्ये २१४ कम्पनीको शेयर घटेको छ भने २७ कम्पनीले मात्रै नाफा कमाएका छन् । बाँकी तीन कम्पनीको शेयर भने स्थिर छ ।
आज कारोबार रकम पनि घटेको छ । बिहीबार ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ बराबरको १ करोड ६७ लाख ९७ हजार ७२७ रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आज ७ अर्ब ४६ करोड ३ लाख रुपैयाँ बराबरको १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता शेयर खरिदिबिक्री भएको छ ।