शीर्षकहरू

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।

गएको कात्तिक ४ गते पक्राउ परेका लामिछाने विगत ५२ दिनदेखि प्रहरी हिरासतमा रहेका छन् । आइतबार थप अनुसन्धान लागि म्याद थप्न प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो । अदालतले चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

यस्तै अदालतले  लामिछानेको मानव अधिकारको विषयमा पनि ख्याल गर्न प्रहरीले सचेत गराएको छ । लामिछानेलाई अस्वस्थ अवस्थामा मध्यराति जबरजस्ती गाडीमा राखेर चितवनबाट पोखरा लगिएको थियो । उक्त घटनाको पार्टीका नेता तथा समर्थकहरूले असन्तुष्टि व्यक्त गरेका छन् भने सो घटनाबारे छानविनको माग गर्दै लामिछाने पत्नी निकिता पौडेलले मानव अधिकार आयोगमा लिखित उजुरी दिएका छन् ।

उक्त घटनामा म्याद थप्ने क्रममा लामिछानेको मानव अधिकारको विषयमा पनि ख्याल गर्न प्रहरीलाई सचेत गराएको अदालतका श्रेस्तेदार राजन खनालले बताए ।