शीर्षकहरू

आईपीओ जारी गर्दै युनियन मेवा हाइड्रो, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

आईपीओ जारी गर्दै युनियन मेवा हाइड्रो, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाडौं । युनियन मेवा हाइड्रो लिमिटेडले आइपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो ।

सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडको तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन् ।

कम्पनीले ३५ करोड ३८ लाख ६० हजार ५ सय रुपैयाँ बराबरको ३५ लाख ३८ हजार ६ सय ५ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

युनियन मेवा हाइड्रोले ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपालिकामा रहेका २३ मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजना निर्माणा गरिरहेको छ । कम्पनीका अनुसार आयोजनाको करिब ३५ प्रतिशत कार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।

कम्पनीले अव आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै आईपीओ निष्काशन गर्नेछ ।