शीर्षकहरू

स्टक ब्रोकर एसोसिएन अफ नेपालमा नयाँ अध्यक्ष चयन

स्टक ब्रोकर एसोसिएन अफ नेपालमा नयाँ अध्यक्ष चयन

काठमाडौं । स्टक ब्रोकर एसोसिएन अफ नेपालमा नयाँ अध्यक्षमा सागर ढकाल चयन भएका छन् । शुक्रबार भएको निर्वाचनमा सागर निर्वाचन भएका हुन । उनका प्रतिद्धन्द्धी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै उनी विजय भएका हुन । ढकालले ४५ मत पाएका थिए भने तिमिल्सिनाले ४३ मत पाएका थिए । 

त्यस्तै, उपाध्यक्षमा नितेश अग्रवाल, महसचिवमा भक्तिराम घिमिरे, कोषध्यक्षमा मदन पौडेल र सचिवमा विनय रेग्मी चयन भएका छन् । त्यस्तै सचिवका उम्मेदार कृष्ण गिरी भने पराजीत भए । त्यस्तै, कार्यसमित सदस्यमा  जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल चयन भएका छन् ।