शीर्षकहरू

कुमारी बैंकको २८ हजारभन्दा बढी कित्ता शेयर बिक्रीमा, संस्थापकले किनेनन्

कुमारी बैंकको २८ हजारभन्दा बढी कित्ता शेयर बिक्रीमा, संस्थापकले किनेनन्

काठमाडौं । कुमारी बैंक लिमिटेडले विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएपछि २८ हजार ६६३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ ।

बैंकले यस अघि यी शेयर विद्यमान संस्थापकहरुले मात्र खरदि गर्न पाउने गरी निष्काशन गरेको थियो । सो अवधिमा वितरण हुन नसकेको यी शेयरमा आगामी ३५ दिनभित्र योग्य व्यक्ति तथा संस्थाहरुले आवेदन दिन पाउनेछन् ।

तोकिएको अवधिभित्र बैंकको केन्द्रीय कार्यालय टंगाल, काठमडौं र शेयर रजिष्ट्रारको कार्यालय नक्साल, नागपोखरी, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।