काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले मंसिर ९ गते बोर्डमा निवेदन दर्ता गराएको हो । ७५ करोड चुक्तापूँजी कायम गर्न कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत आईपीओ जारी गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी ५२ करोड ५० लाख रुपैयाँ छ ।
कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।