शीर्षकहरू

सानिमा मिडिल तमोर हाइड्रोपावरले मर्जर प्रस्तावसहित बोलायो साधारण सभा

सानिमा मिडिल तमोर हाइड्रोपावरले मर्जर प्रस्तावसहित बोलायो साधारण सभा

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले पुस २३ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दिन वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत दिएको जानकारीमा स्थान र मिति भने उल्लेख गरेको छैन् । समान उदेश्य भएका अन्य कुनै उपयुक्त कम्पनीसँग मर्जर तथा प्राप्तिमा जाने भएमा त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव सभाका लागि तय भएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते एक दिन बुक क्लोज गर्न लागेको छ ।

बुक क्लोजको आधरामा पुस १० गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।