एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको उत्तरी क्यालिफोर्नियामा बिहीबार राति भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको तीव्रता रिक्टर स्केलमा ७ मापन गरिएको थियो । अमेरिकी मौसम सेवाले भूकम्प लगत्तै सुनामीको चेतावनी जारी गरेको थियो। तर, १ घण्टापछि अलर्ट रद्द गरिएको थियो । भूकम्पका कारण हालसम्म कुनै मानवीय क्षति नभएको बताइएको छ ।
अमेरिकी मौसम सेवाले स्थानीय समय अनुसार बिहान १० बजेर ४४ मिनेटमा भूकम्प गएको जनाएको छ । यसको केन्द्र क्यालिफोर्नियाको फर्न्डेल शहरबाट ९ किलोमिटर टाढा प्रशान्त महासागरमा थियो। भूकम्पपछि कयौं पराकम्पन पनि महसुस गरिएको थियो ।
न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार फर्न्डेल शहरमा १३०० मानिस बस्छन्। उनीहरुका लागि सुनामीको चेतावनी जारी गरिएको थियो । अलर्ट रद्द गरे पनि मानिसहरूलाई समुद्री तट नजिक नजान सल्लाह दिइएको छ। भूकम्पले फर्नाडेलमा धनजनको क्षति भएको छ ।