काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १५.९३ अंकले घटेर दुई हजार ७३४.९३ अंकमा बजार बन्द भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स ५.०२, फ्लट इन्डेक्स १.७४ र सेन्सेटिभ फ्लट इन्डेक्स १.७२ अंकले घटेको छ भने जीवन बीमा र वित्तबाहेक अन्य ११ उपसमूहको शेयर ओरालो लागेको छ ।
बिहीबार कारोबारमा आएका २४४ मध्ये २०१ कम्पनीले घाटा बेहोरेका छन् भने ४० कम्पनीले नाफा कमाउँदा ३ को स्थिर रहेको छ ।
खानीखोला हाइड्रोपावर, सुपर म्यादी हाइड्रोपावर र मानुषी लघुवित्तको शेयरमूल्य सर्वाधिक बढेको छ । ती कम्पनीको शेयर क्रमश: ९.९८, ९.८५ र ९.८१ प्रतिशतले बढेको छ ।
यस्तै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक ८.३७ प्रतिशत गुमाएका छन् ।
आज कारोबार रकम पनि घटेको छ । बिहीबार ९ अर्ब १३ करोड २४ लाख रुपैयाँ बराबरको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता शेयर खरिदब्रिकी भएकोमा आज ८ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ बराबरको १ करोड ६७ लाख ९७ हजार ७२७ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।