काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्धको खेलमा जनकपुर बोल्टसले सहज जित निकालेको छ । टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले १३९ रनको लक्ष्य दिएको थियो । जनकपुरले ७ विकेटमा सहज जित निकालेको हो ।
यससँगै जारी एनपीएलमा पोखराको लगातार दोस्रो हार भएको छ भने जनकपुरले तेस्रो जित निकालेको छ । यसअघि जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स र दोस्रो खेलमा कर्णाली याक्सलाई हराएको थियो भने पोखरा पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो ।
पोखराका तर्फबाट मार्कस क्रिचले ३५, माइकल लिस्कले २५ र आन्द्रे गौसले २० रन बनाए । नेपाली खेलाडीहरू २० भन्दा कम रनमा आउट भए ।
यस्तै जनकपुरको तर्फबाट लाहिरु मिलान्थाले ४५ र नीशमको ४०, आसिफ शेखले ३३ र हर्श थाकरले १३ रन बनाउँदा कप्तान अनिल शाह भने १ रनमै आउट भएका थिए ।