काठमाडौं । ह्याबिट्याट पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।
मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि पुस ११ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने र त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
कम्पनीको चुक्तापूँजी भन्दा बढी कर्जा लिने सम्बन्धमा पनि सभाले आवश्यक निर्र्णय गर्नेछ । साथै गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।