शीर्षकहरू

विन नेपाल लघुवित्तले यस वर्ष पनि लाभांश वितरण नगर्ने

विन नेपाल लघुवित्तले यस वर्ष पनि लाभांश वितरण नगर्ने

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ ।

मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यस कम्पनीले आर्थिक वर्ष २०७७/७८ देखि लाभांश वितरण गरेको छैन् । उक्त वर्ष कम्पनीले ९ दशमलव ३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु आगामी वार्षिक साधारण सभाबाट पारित गराउन नेपाल राष्ट्र बैंकको स्वीकृति लिने निर्णय पनि कम्पनीले गरेको छ ।