शीर्षकहरू

माथिल्लो मैलुङखोला जलविद्युतले पुस २५ गते बोलायो साधारण सभा

माथिल्लो मैलुङखोला जलविद्युतले पुस २५ गते बोलायो साधारण सभा

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले पुस २५ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ ।

मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दिन वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

समान उदेश्य भएका अन्य कुनै उपयुक्त कम्पनीसँग मर्जर तथा प्राप्तिमा जाने विषयलाई पनि कम्पनीले अघि सारेको छ । यसका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस ११ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।