शीर्षकहरू

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले प्रस्ताव गर्यो १.९६ प्रतिशत लाभांश

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले प्रस्ताव गर्यो १.९६ प्रतिशत लाभांश

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुल १ दशमलव ९६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गेको छ । मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ९८ करोड १६ लाख ८३ हजार २०० रुपैयाँको आधारमा १ दशमलव ८७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव शून्य ९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ । गत वर्ष कर समेत ५ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो ।