शीर्षकहरू

उन्नति सहकार्य लघुवित्तले यो वर्ष पनि लगानीकर्ताको हात खाली बनाउने

उन्नति सहकार्य लघुवित्तले यो वर्ष पनि लगानीकर्ताको हात खाली बनाउने

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष पनि लगानीकर्ताको हात खाली बनाउने भएको छ । मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु आगामी साधारण सभाबाट पारित गर्न नेपाल राष्ट्र बैंकमा पेश गर्ने र कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

 यस कम्पनीले विगतका वर्षहरुमा दुई आर्थिक वर्ष लाभांश वितरण गरेको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा १७ दशमलव ८१ प्रतिशत बोनस शेयर र आर्थिक वर्ष २०७७÷७८ मा ३० प्रतिशत बोनस शेयर वितरण गरेको कम्पनीले त्यसपछिका वर्षमा भने लगानीकर्ताको हात खाली बनाउँदै आएको हो ।

 चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणलाई हेर्दा कम्पनी २२ लाख ९८ हजार रुपैयाँभन्दा बढी मात्र खुद नाफामा रहेको छ । चुक्तापूँजी २४ करोड ६८ लाख ६५ हजार रुपैयाँ रहेको कम्पनीको रिटर्न अर्निग ११ लाख ५१ हजार रुपैयाँभन्दा बढी र जगेडा कोष रकम ९ करोड ४ लाख रुपैयाँभन्दा बढी कायम छ ।