शीर्षकहरू

दूधकोशी जलविद्युतले पूँजी बृद्धिको प्रस्ताव गर्दै आव्हान गर्यो साधारण सभा

दूधकोशी जलविद्युतले पूँजी बृद्धिको प्रस्ताव गर्दै आव्हान गर्यो साधारण सभा

काठमाडौं । दुधकोशी जलविद्युत कम्पनी लिमिटेडले पूँजी बृद्धिको प्रस्ताव गर्दै पुस १० गते तस्रो वार्षिक साधारण सभा बोलाएको छ । मंसिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नेपाल विद्युत प्राधिकरणको सभाकक्ष, दरबारमार्ग, काठमाडौंमा अपरान्ह २ बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीले हाल कायम चुक्तापूँजी र जारी पूँजी बृद्धि गरी कम्पनीको पूँजी संरचना परिवर्तन गरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।