एजेन्सी । दक्षिण कोरियामा डिसेम्बर ३ राति ८स्३५ बजे राष्ट्रपति युन सुक येओलले आपतकाल अर्थात मार्शल ल लागू गर्ने घोषणा गरेका छन। त्यसको विरोधमा देशभर विरोध प्रदर्शन सुरु भएको छ । जसको दबाबमा राष्ट्रपतिले राति करिब १ः३० बजे सम्बोधन गर्दै भने– ‘सेना फिर्ता बोलाइएको हो । छिट्टै मन्त्रिपरिषद्को बैठक बस्दैछ। जसमा संकटकाल हटाउने निर्णय गर्छौं ।’
प्रमुख प्रतिपक्षी दल उत्तर कोरियाप्रति सहानुभूति राखेको र राष्ट्रविरोधी गतिविधिमा संलग्न भएको आरोप लगाउँदै राष्ट्रपतिले संकटकाल लगाएका थिए । घोषणापछि केही समयमै सम्पूर्ण विपक्षी दल राष्ट्रिय सभामा पुगेका थिए । सेना सभा कब्जा गर्न आइपुग्दासम्म उनीहरूले संसदको कार्यवाही सुरु गरेका थिए। बाहिर विपक्षी दलका हजारौं समर्थक थिए ।
सेनाले संसदको झ्याल तोडेर भित्र पस्न थालेका थिए । धेरै विपक्षी सांसदहरु पक्राउ परेका छन् । संसदको माथि हेलिकप्टर र सैन्य ट्याङ्कहरू तैनाथ गरिएको थियो। तर, सैनिकहरू भित्र पुग्दा राष्ट्रिय सभाका ३०० सांसदमध्ये १९० जनाले राष्ट्रपतिको सैनिक कानुनको प्रस्तावलाई अस्वीकार गरेका थिए।
सभामुख वू वोन सिकले घोषणा गरेपछि सेनाले कारबाही स्थगित गरेको थियो । तर, सेनाले राष्ट्रपतिले पदबाट हटाउने घोषणा नगरेसम्म सैन्य कानुन लागू रहने बताएको छ । राष्ट्रिय सभाको नियन्त्रण सेनाले गरेको छ ।