शीर्षकहरू

माउण्टेन ईनर्जी नेपालले प्रस्ताव गर्यो १५.७९ प्रतिशत लाभांश, पुस २८ गते बोलायो साधारण सभा

माउण्टेन ईनर्जी नेपालले प्रस्ताव गर्यो १५.७९ प्रतिशत लाभांश, पुस २८ गते बोलायो साधारण सभा

काठमाडौं । माउण्टेन ईनर्जी नेपाललले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुल १५ दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफबाट हाल कायम चुक्तापूँजीको आधरामा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब २६ करोड ३२ लाख ३१ हजार रुपैयाँ छ ।

 सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । गत वर्ष पनि कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते वार्षिक साधारण सभा गर्ने निर्णय समेत गरेको छ । त्यस अघि प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृती गराउने जानकारी समेत कम्पनीले दिएको छ ।

 आगामी वार्षिक साधारण सभाका लागि कम्पनीले पुस ११ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस पुस १० गते सार्वजनिक विदा परेकाले पुस ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।