काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक १९.९७ अंकले बढेर दुई हजार ७५८.०४ अंकमा बजार बन्द भएको छ । यसदिन फ्लट इन्डेक्स ०.३२ अंकले बढेकोमा सेन्सेटिभ इन्डेक्स १.५० र सेन्सेटिभ फ्लट इन्डेक्स ०.५१ अंकले घटेको छ ।
आज कारोबारमा आएका २४४ मध्ये १२६ कम्पनीले नाफा कमाएका छन् भने ११२ कम्पनीले गुमाउँदा ६ कम्पनीको शेयर स्थिर रहेको छ ।
मंगलबार चारवटा कम्पनीको शेयरमा सर्किट लागेको छ । यसदिन तारागाउँ रिजेन्सी, विशाल बजार कम्पनी, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।
आज कारोबार रकम पनि बढेको छ । सोमबार ८ अर्ब ८३ करोड २२ लाख रुपैयाँ बराबरको १ करोड ६७ लाख ६७ हजार १६८ कित्ता शेयर खरिदबिक्री भएकोमा आज १० अर्ब ५४ करोड १७ लाख रुपैयाँ बराबरको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता शेयर कारोबार भएको छ ।