काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो । इच्छुक खरीदकर्ताहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर बिक्री गरिने जानकारी कम्पनीले दिएको छ ।