काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले निष्काशन गर्न लागेको शतप्रतिशत हकप्रद शेयर खरीद गर्न मंसिर १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र योग्य हुने भएका छन् । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले मंसिर १८ गते एक दिन बुक क्लोज गर्न लागेको छ ।
बुक क्लोजको आधारमा मंसिर १७ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन योग्य हुनेछन् ।
यस कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाा ५० पैसा बराबरको १ करोड ८५ लाख १२ हजार ७९२ दशमलव २२५ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । बुक क्लोजको मिति तय गरिसकेको कम्पनीले हकप्रद शेयर निष्कासनको मिति भने तय गर्न बाँकी छ ।