शीर्षकहरू

आइएमई जनरलको डिसिईओमा  शरण रेग्मी नियुक्त

आइएमई जनरलको डिसिईओमा  शरण रेग्मी नियुक्त

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको नायव महाप्रन्धक(डिसिईओ) पदमा कार्यरत  शरण रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ ।

विगत २७ बर्षदेखि निर्जीवन बीमा तथा वित्त क्षेत्रमा कार्यरत रेग्मीले तत्कालिन एनआईडिसी क्यापिटल मार्केट् लि. (हाल सनराईज क्याटिलमा) २ बर्ष, युनाईटेड इन्स्योरेनस कम्पनी (नेपाल) लिमिटेडमा ७ बर्ष, सगरमाथा इन्स्योरेन्स लिामिटेडमा ८ बर्ष, सिद्धार्थ डेभलपमेण्ट बैंक लि. (हाल जनता बैंक लि.) मा ६ बर्ष र आइएमई जनरल इन्स्योरेन्स लिमिटेडमा ४ बर्ष कार्य गरेको लामो अनुभव रहेको छ ।

  रेग्मीलाई आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिले मंसीर १० गते देखि लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा नियुक्ती गरेको छ ।