शीर्षकहरू

बाढी पहिरोले भएको क्षतिबाट बीमा कम्पनीहरुमा १२ करोड २६ अर्बको दाबी

बाढी पहिरोले भएको क्षतिबाट बीमा कम्पनीहरुमा १२ करोड २६ अर्बको दाबी

काठमाडौं । गत असोजमा आएको बाढी पहिरोको कारण निर्जीवन बीमा कम्पनीहरुमा १२ अर्ब २६ करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत मंसिर १२ गतेसम्ममा बीमा कम्पनीहरुमा तीन हजार ५२९ वटा बीमा दाबी वापत सो रकम बराबरको दाबी परेको हो । 

प्राधिकरणका अनुसार बीमा कम्पनीहरुमा सम्पति बीमा एक हजार ७१६ वटा बीमा दाबी परेको छ । जसबाट कम्पनीहरुमा नौ अर्ब १ करोड रुपैयाँ बराबरको दाबी परेको छ । इन्जिनियरिङ्ग तथा ठेकेदार जोखिममा बीमा ३०५ वटा दाबी परेको छ । सो दाबीबाट कम्पनीहरुमा दुई अर्ब ५८ करोड रुपैयाँ बराबरको दाबी परेको छ । 

मोटर बीमा (निजी) तर्फ ९०२ वटा दाबीबाट कम्पनीहरुमा ३७ करोड ४५  लाख रुपैयाँको दाबी परेको छ । मोटर बीमा (सार्वजनिक) तर्फ ३७८ वटा दाबीबाट ३७ करोड ४५ लाख रुपैयाँको दाबी परेको छ । पशुपन्छी बीमामा ५३ वटा दाबीबाट एक करोड ७० लाख रुपैयाँको दाबी परेको छ । सामुन्द्रिक बीमामा २३ वटा बीमा दाबीबाट एक करोड ४८ लाख रुपैयाँ बराबरको दाबी परेको छ । कृषि बालि बीमामा १३२ वटा दाबीबाट एक करोड १९ करोड रुपैयाँको दाबी परेको छ । अन्य बीमामा २० वटा दाबी परेको छ । 

बाढी पहिरोबाट बीमा कम्पनीहरुमा परेको दाबीमध्ये ७८ करोड ९३ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ । कम्पनीहरुले केही दाबीको अग्रिम भुक्तानी समेत दिएका छन् । 

प्राधिकरणको तथ्यांक अनुसार हालसम्म एक हजार २१५ वटा दाबीको भुक्तानी भएको छ । अग्रिम भुक्तानी भएको दाबीको पनि यसैमा गणना गरिएको छ । 

प्राधिकरणका अनुसार सम्पति बीमाका परेको दाबीमध्ये कम्पनीहरुले ५३१ वटा दाबीको ५८ करोड ८३ लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन् । इन्जिनियरिङ्ग तथा ठेकेदार जोखिममा परेको दाबीमध्ये ४७ वटाको चार करोड २७ लाख रुपैयाँ भुक्तानी गरेका छन् । मोटर बीमा (निजी) मा परेको दाबीमध्ये ३८० वटाको ८ करोड ४७ लाख रुपैयाँ भुक्तानी भएको छ । 

मोटर बीमा (सार्वजनिक) मा परेको दाबीमध्ये १३५ वटा दाबीको ६ करोड ११ लाख रुपैयाँ भुक्तानी भएको छ । पशुपन्छी बीमाको २५ वटाको ३७ लाख रुपैयाँ भुक्तानी भएको छ । सामुन्द्रिक बीमाको ४ वटा दाबी बापत १६ लाख ६३ हजार रुपैयाँ भुक्तानी भएको छ । कृषि बाली बीमाको ८६ वटा दाबी बापत ५१ लाख ५० हजार रुपैयाँ भुक्तानी भै सकेको छ । अन्य दाबीमध्ये ७ वटाको १८  लाख १२ हजार रुपैयाँ भुक्तानी भएको छ ।