शीर्षकहरू

नेपालका एक लाख उद्यमीलाई मोटिभेसनल तालिम दिइने

नेपालका एक लाख उद्यमीलाई मोटिभेसनल तालिम दिइने

काठमाडौं । आन्टरप्रेनर्स क्लब ग्लोबलले नेपालका एक लाख उद्यमीहरुलाई मोटिभेसनल तालिम दिने भएको छ । काठमाडौमा आयोजित एक कार्यक्रममा आन्टरप्रेनर्स क्लब ग्लोबलले सो जानकारी दिएको हो । आन्टरप्रेनर्स क्लब ग्लोबलको नियमित कार्यक्रम सिरिज अन्तर्गत नोभेम्बर सिरिजको सो कार्यक्रम भएको आन्टरप्रेनर्स क्लब ग्लोबलले जनाएको छ । 

नोभेम्बर सिरिजको उक्त कार्यक्रममा संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ न्यूयोर्कका प्रोफेसर डा.राजन थपलियालाई स्पिकरको रुपमा आमन्त्रण गरिएको थियो । स्पिकरका रूपमा डा. थपलियाले नेपाललाई एआई हबको रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावनाहरु रहेको धारणा व्यक्त गरे ।

एआइले परम्परागत प्रद्धतिलाई विस्थापित गरी नयां प्रविधिको विकास गर्दैरहेको सन्दर्भमा नेपाल जस्तो भूपरिवेष्ठित मुलुकले पनि एआइको क्षेत्रमा लिड गर्न सक्ने उनले बताए । त्यसका लागि सरकार र आन्टरप्रेनर्स दुवैको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।

डा. थपलिया डाटा जुपिटरका फाउन्डर सिईओ हुन् । उनले एआई विज्ञका रूपमा संयुक्त राज्य अमेरिकाको पाँचभन्दा बढी विश्वविद्यालयहरूमा भिजिटर्स प्राध्यापकका रुपमा प्राध्यापन गर्दै आएका छन् ।त्यसैगरी अर्का वक्ताका रुपमा अमेरिकामै प्रोजेक्ट म्यानेजमेन्टमा काम गरिरहेका अमर हजारियाले आफ्नो कार्यपत्र सहितको वक्तव्य प्रस्तुत गरेका थिए । 

आयोजक आन्टरप्रेनर्स क्लब ग्लोबलका अध्यक्ष शम्भु पोखरेलल आन्टरप्रेनर्स क्लब ग्लोबलले आन्टरप्रेनर्स हरूको सैद्धान्तिक, प्राविधिक विकास र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कनेक्सनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए। युवाहरूमा आन्टरप्रेनर्स माइन्ड प्रस्फुटन गराउन सके युवाहरू विदेश पलायन हुने अवस्था रोक्न सकिने अध्यक्ष पोखरेलले बताए । 

आन्टरप्रेनर्स क्लब ग्लोबलको नियमित सिरिज अन्तर्गत अर्को कार्यक्रम डिसेम्बर अन्त्यमा हुने आयोजकले बताएका छन् । कार्यक्रममा १०० भन्दा बढी नेपालका उद्यमीहरु सहभागी भएका थिए ।